नेपाल टेलिकम आजबाट ज्येष्ठ नागरिकलाई निःशुल्क सिम बाँड्दै, यस्ता छन् सुविधा ?

नेपाल टेलिकम आजबाट ज्येष्ठ नागरिकलाई निःशुल्क सिम बाँड्दै, यस्ता छन् सुविधा ?

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ। संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते (आज) मनाइँदै छ।

सिम आजदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जनाएको छ। यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डेटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ।

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्नसक्ने जनाइएको छ। यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र ९जस्तैस् नागरिकता प्रमाणपत्र, ज्येष्ठ नागरिकको परिचयपत्र०को प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले ज्येष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।