धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ३६२ नमुना परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार १०७ नमुना पिसिआर परिक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो । भने ८८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार २५५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ । भने एक जार २४८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ९० बर्षिय र ७० बर्षिय पुरुष गरी दुई जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।