बैतडीको डिलाशैनीमा करिब २ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य, बिजुली पोल र तार अस्तव्यस्त

बैतडीको डिलाशैनीमा करिब २ हजार  घरधुरी अँध्यारोमा बस्न बाध्य,  बिजुली पोल र तार  अस्तव्यस्त

बैतडी ।  बैतडीको डिलाशैनी गाउँपालिका करिब २ हजार  घरधुरी अहिले सम्म विद्युत् बिस्तार न हुँदा अँध्यारोमा बस्न बाध्य भएका  छन्।  

अपि हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्।  

चमेलिया हाइड्रोपावर नजिकै हुँदा पनि त्यहाँ का २ हजार घरधुरी बिजुलीविहीन भएका छन्। ३० मेघा वाटको चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भए  पनि करिब ३  हजार घरपरिवार मात्र विद्युतको पहुँचमा छन्।  

पछिल्लो समय चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएर बत्ती बले पनि डिलाशैनिका ग्रामीण बस्तीसम्म अझै विद्युत् पुगेको छैन ।डिलासैनि गाउँपालिकाको विद्युत् बिस्तार कार्य विगत दुई वर्ष देखि लाइन बिस्तारको कार्य सञ्चालन भएको  थियो। 

ठेकेदारले आएर पोल गाड्न बाट लिएर लाइन बिस्तार सम्म त गर्नु भयो धेरै ठाउँ मा लाई बिस्तार को कार्य छताछुल्ल छोडेर पोल अन्धाधुन्ध गाडेर जानू भयो अहिले ठेकेदार खै  कता छन् गाडेका पोलहरू सबै ढलेर खेतमा अन्न बाली लाउन समेत मुस्किल भइरहेको छ  ठेकेदार लाई सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउँदैन स्थानीय प्रकाश बोहरा को भनाइ छ । 

अब छिट्टै बत्ती बल्ने छ भन्ने आसा थियो  तर दुर्भाग्य भन्ने कि विडम्बना भन्ने गाडिएका पोल समेत धेरै जसो ठाउँमा ढली सकेका छन् भने विद्युतीय सपना त आकाशको फल आँखातिर मर भने जस्तै भयो । 

डिलासैनीको रोड हेडमा बत्ती बलेको ८ वर्ष भयो चमेलिया र नौगाड बाट विद्युतीय उत्पादन भएको पनि करिब ५,६ वर्ष भयो । डिलासैनी बासीले राज्य भएको अनुभूति कसरी गर्ने अधिकार सम्पन्न स्थानीय सरकार कुम्भकर्ण निन्द्रामा सुतेको छ । पालिका मा  हुने हरेक कार्य ढिलासुस्ती लापरबाहीले गर्दा यो समस्या हामीले भोगिरहेका छौ भनी डिलाशैनी गाउँपालिका वडा नम्बर ६ का स्थानीय नर बहादुर माल ( आशु) ले दुखेसो गरेका छन् । 

जिल्लामा  बर्सेनि थोरै बजेट आउने भएकाले सीमित ठाउँमा मात्र विद्युत् विस्तार गरिँदै आएको विद्युत् वितरण केन्द्र बैतडीले जनाएको छ। 

विद्युत् नहुँदा अधिकांशस्थानीयले  सोलार, बत्ती  बाल्दै आइरहेका छन् ।  स्थानीय तह निर्वाचनको समयमा सिंहदरबारका अधिकार गाउँमा आएको भन्ने गरिए पनि अहिलेसम्म गाउँमा बिजुलीसमेत बाल्न नपाएको डिलाशैनी गाउँपालिका का स्थानीयले गरेका छन् ।