सपिङ कम्प्लेक्स पुगेकी महिलाको कपालमा सर्प !

सपिङ कम्प्लेक्स पुगेकी महिलाको कपालमा सर्प !

सामान्यता मानिसहरु सर्प देखेर डराउने गर्दछन् र परै भाग्दछन् । तर, विश्वमा आटिँला मानिसको कमी छैन । जो सर्पसंग खेल्ने मात्र होइन केहीले त यसलाई शरीरमा बोकेरसमेत हिँड्छन् । यस्तै एक भिडियो अहिले भाइरल बनेको छ । जहाँ एक महिलाले कपालको जुरो बाध्न जिउँदो सर्प प्रयोग गरेकी छिन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा ती महिलाको हर्कतले उनको सर्पप्रतिको प्रेम र उनको बहादुरीता दुबै देखिन्छ । ती महिला आफ्नो किनमेल गर्न सपिङ कम्प्लेक्समा जाँदा कपालको जुरोमा सर्प बेरेर पुगेकी थिइन् ।

यसरी कपालमा सर्प बेरेर किनमेल गर्न सपिङ कम्प्लेक्स जाँदा उनले खैरो रंगको कपाल बाध्ने रबर जस्तोले कपालको जुरो बाधेको देखिए पनि वास्तविकतामा त्यो सर्प हुन्छ । उनको यो आँटलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् भने कतिले जीव माथिको अत्याचार भनेर आलोचना समेत गरेका छन् ।