ओखलढुंगाकोे चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् ।
बा ३ ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो । खड्काको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा प्राथमिक उपचार पस्चात हेलीकप्टरबाट काठमाण्डौं पठाउने तयारी भइरहेको वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्रका बिद्रोहले जानकारी दिनुभयो ।
बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु भने सकुशल छन् ।