शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि

शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५४ नमुना परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा दुई जना नयाँ विरामी अस्पताल भर्ना भएका छन् । भने दुई जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । उनका अनुसार हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत छन । जसमध्ये ४ जनाको आइसियुमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ३ का ७५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।