कैलाली प्रहरीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित

कैलाली प्रहरीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो ।

शनिवार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनै जनालाई कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान स्वरूप प्रशंसा–पत्र प्रदान गरेका हुन । भाद्र १८ गते जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू बेपत्ता भएका थिए । उनीहरूको खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा कपडा फेला परेका थिए ।

त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो । ती बालकहरूको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ । यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुँदै जाने प्रहरी उपरीक्षक अधिकारीले विश्वास व्यक्त गरे । 

May be an image of 3 people, people standing and military uniformMay be an image of 3 people, people standing and military uniformMay be an image of ‎3 people, people standing, military uniform and ‎text that says '‎××ו×א 9isgeи माजी नेपाल प्रहरी नेवाल Nepal Police Nepal नेपाल प्रहरी नेणाल Nepal Polia नेपाल प्रहर Nepal Police नेघाल Nepal नेपाल Nepal नेपाल Nepal नेपाल Nepal समुदाय- प्हरी सामेदारी सुरक्षा, कानूनको प्रभावकारी कार्यान्वयन, नागरिक उत्तरदायित श्तरीय सेवा प्रवाहब "हाम्रा प्रहरीर जिल्ला प्रहरी कार्यालर सम्पर्क ወピ २၇9५ णीस ma प्रहरी alPolie ल प्रहरी Police ল प्रहरी Police प्रहरी Police हरी lice प्रहरी ने Police Ne प्रहरी Police Nepal नेपाल प्रहरी नेपाल प्रहरी नेपाट Nepal Police Nepal‎'‎‎