कल्भर्टबाट खस्दा एकको मृत्यु

कल्भर्टबाट खस्दा एकको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मागत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् ।

स्थानीयले कल्भर्ट मुनी शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक बेल्वासेको शवको पोस्टमार्टमको लागि अस्पताल पुराउने तयारी भएको प्रहरीले जनाएको छ । मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुनुहुन्छ ।

उहाँको दुई छोरा र एक छोरी रहेका छन् । घटनाप्रति थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।