सनराइज बैंकको १४ औँ स्थापना दिवसमा धनगढीमा रक्तदान, ३२ पिन्ट रगत संकलन

सनराइज बैंकको १४ औँ स्थापना दिवसमा धनगढीमा रक्तदान, ३२ पिन्ट रगत संकलन

धनगढी । सनराइज बैंकले शनिवार आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरेको छ । रगत अभावलाई मध्येनजर गर्दै बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेको बैंकका शाखा म्यानेजर धर्मसिंह विष्टले जानकारी दिए । उनले भने,'सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।'

सोही अवसरमा हालसम्म सुदूरपश्चिममै सबैभन्दा बढी ९४ पटक रगत दान गरेका दीपक नेपाललाई सम्मान समेत गरिएको थियो ।