नेपालमा ८६७ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा ८६७ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५९८ जनाको पीसीआर परीक्षणमा ६५९ र २ हजार ६२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।