ईपीएलमा आज पनि दुई खेल हुँदै

ईपीएलमा आज पनि दुई खेल हुँदै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा बिहान साढे ९ बजेदेखि काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको पाँचौं स्थानमा छ । करण केसी कप्तान रहेको विराटनगर जित विहीन छ ।

विराटनगर प्रतियोगिताबाट बाहिरिसकेको छ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स खेल्दैछन् । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । कुशल भुर्तेल कप्तान रहेको ललितपुरले चार खेलमा तीन अङ्क जोडेको छ । ललितपुर चौथो स्थानमा छ ।

सोमपाल कामी कप्तान रहेको चितवन तीन खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चितवन प्ले अफमा पुगिसकेको छ ।