कैलाली । कैलालीको मोहना पुल-अत्तरिया ६ लेन सडक अन्तर्गत गेटामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।धनगढीबाट अत्तरियातर्फ गइरहेको म १ प ६४०० नम्बरको मोटरसाइकलले २ वटा छाडा पशु चौपायालाई ठक्कर दिँदा २ पशु मरेका छन् ।
मोटरसाइकल चालक भरत धाँमी घाइते भएको र उनको उपचार अत्तरियाको पदमा अस्पतालमा भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।