साहस उर्जाको आइपीओ आज बाँडफाँट हुदै

साहस उर्जाको आइपीओ आज बाँडफाँट हुदै

साहस उर्जाको आइपीओमा आज आइतबार (असोज १७ गते) बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।
 
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमा गोलाप्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।
 
कुल ७० लाख कित्तामध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ ।