धनगढी । धनगढीमा दैनिक ट्राफिक जाम लाग्न थालेको छ । सवारी साधनको चाप दिनानु दिन बढ्दै जाँदा यहाँ मुख्य सडकमा दैनिक जसो ट्राफिक जाम लाग्न थालेको हो ।
आइतवार विहान साढे १० बजेको समयमा ट्राफक चौराहादेखि बसपार्क सम्म करिब १५ मिनेट सम्म जाम लागेको थियो । फराकिला सडक, व्यवस्थित पार्किङ, ठूला सवारीसाधन तथा बसहरूलाई वैकल्पिक मार्ग नबन्दा धनगढीमा ट्राफिक जाम लाग्ने गरेको बताइएको छ ।
यसरी दैनिक हुने ट्राफिक जामले नागरिकहरु हैरान हुन थालेका छन । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ ।
ट्राफिक जाम फोटो फिचर :