नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै

 

नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज (आइतबार) सकिँदैछ। राजनीतिक, सांगठनिक र विधान संसोधन प्रतिवेदन पारित गर्दै नेकपा एमालेले विधान महाधिवेशनको समापन गर्न लागेको हो । 

महाधिवेशनको अन्तिम दिन आज प्रतिवेदनमाथि पाँच समूहगत छलफलमा संकलित सुझावलाई टोली नेताले आफ्नो निष्कर्ष प्रस्तुत गरेपछि  प्रतिवेदन प्रस्तुतकर्ताहरूले त्यसको जवाफ दिएपछि विधान महाधिवेशनको समापन गरिनेछ।

प्रतिनिधिहरूले १० समूहमा विभाजित भएर प्रतिवेदनमाथि छलफल गरेका थिए । जसमध्ये पाँच समूहले शनिबार समूहगत निष्कर्ष सुनाएका थिए । बाँकी ५ समूहको निष्कर्ष सुनेपछि प्रतिवेदन प्रस्तुतकर्ताहरू पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ ।