एमाले विधान महाधिवेशनमा देउडाको रोनक !

एमाले विधान महाधिवेशनमा देउडाको रोनक !

ललितपुरको गोदावरीस्थित सनइराइज सम्मेलन केन्द्रमा तीनदेखि नेकपा एमालेको विधान महाधिवेशन जारी छ । सोही अवसरमा विधान महाधिवेशनको अन्तिम दिन आज सुदूरपश्चिममा खेलिने देउडाको रौनक देखिएको छ। 

शुक्रबारदेखि जारी एमाले विधान महाधिवेशनमा आइतबार बिहान विधान महाधिवेशन प्रतिनिधि देउडामा झुमेका हुन्। महाधिवेशनको अन्तिम दिन गोदावरीमा सुदूरपश्चिमका नेतारकार्यकर्ताले देउडा खेलेका छन्। उनीहरूले देउडामार्फत् एमाले एकतामा जोड दिएका छन्।

विभिन्न १० समूह बनाएर अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनरप्रस्तावमाथि छलफल गरिएको थियो।

दशवटै समूहका तर्फबाट रिपोर्टिङ भइसकेको छ। अब अध्यक्ष, महासचिव र उपमहासचिवले जवाफ पेस गर्नेछन्। महाधिवेशन आइतबार समापन गरिनेछ ।