बझाङका निर्वाचन अधिकृत सम्पर्क विहीन, काँग्रेस जिल्ला निर्वाचन अन्योलमा

बझाङका निर्वाचन अधिकृत सम्पर्क विहीन, काँग्रेस जिल्ला निर्वाचन अन्योलमा

बझाङ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा खटाइएका निर्वाचन अधिकृत सम्पर्क विहीन भएका छन् । महाधिवेशनमा खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्क विहीन बनेपछि आज बिहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन रोकिएको छ ।

काँग्रेसका अग्रज नेताहरूले सर्वसम्मत रूपमा अबिधेसन गर्न खोजे पनि सहमति हुन नसकेपछि आज ९ बजेबाट जिल्ला निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । जिल्लामा रमेस भण्डारी र खडक बहादुर बोहरा सभापति रहेका २ प्यानल निर्वाचन होमिएका छन् । निर्वाचन हुने भएपछि जिल्ला भरीका काँग्रेसका नेता तथा कार्यकर्ता सदरमुकाम चैनपुर भित्रिसकेका छन् ।

जिल्ला भरी काँग्रेसका झण्डै १ हजार ६ सय मतदाता रहेका छन् । काँग्रेसको जिल्ला अबिधेसन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट कार्यकर्ताहरूको भिडभाड भने निकै बढेको देखिन्छ । जिल्ला निर्वाचनमा नेता नरेश बहादुर सिंह र पृथ्वी बहादुर सिंहले रमेस भण्डारी सभापति रहेको प्यानललाई सघाउने र खडक बहादुर बोहरा सभापति रहेको प्यानललाई अर्जुन जंग बहादुर सिंह, सत्यराज भण्डारी,सुरेश मल्ल, चन्दा जोशी लगायतका नेताहरूले सघाएको बुझिएको छ ।

काँग्रेसले महाधिवेशनअन्तर्गत गाउँपालिका र नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गरेको थियो ।

निर्वाचन अधिकृत नै सम्पर्क विहीन बनेपछि अन्योलमा परेको जिल्लाको निर्वाचन कसरी अगाडि बढाउने भन्ने बारे अहिले दुवै पक्षका नेताहरूको बैठक बसिरहेको काँग्रेस नेता चेतराज बजालले बताए ।