राजकुमार लेखी एमालेमा प्रवेश

राजकुमार लेखी एमालेमा प्रवेश

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेशवादी विभिन्न दलहरुमा आबद्ध थिए । कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूराे सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका थिए ।