एमालेको लोगो परिमार्जन, हँसिया हथौडा राखिने

एमालेको लोगो परिमार्जन, हँसिया हथौडा राखिने

नेकपा एमालेको लोगो परिमार्जन भएको छ । शुक्रबारबाट ललितपुरमा जारी एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको लोगो परिमार्जन गर्ने निर्णय गरेको हो ।

यसअघि पार्टीको चुनाव चिन्ह सूर्य रहेकोमा सुनौलो रंगको हँसिया हथौडा राखिएको छ । शुक्रबारबाट ललितपुरको सनराइज सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन जारी छ । विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ ।

एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।