‘एक प्रहरी एक बिरुवा' अभियान, कैलाली ट्राफिकद्वारा वृक्षारोपण

‘एक प्रहरी एक बिरुवा' अभियान, कैलाली ट्राफिकद्वारा वृक्षारोपण

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले '६६ औँ प्रहरी दिवस २०७८' को अवसरमा वृक्षारोपण गरेको छ । ‘एक प्रहरी एक बिरुवा अभियान’ अन्तर्गत कैलाली ट्राफिकले धनगढीमा वृक्षारोपण गरेको हो ।

उप–महानगरपालिकाको वडा नम्बर २ स्थित आफ्नै कार्यालय परिसरमा वृक्षारोपण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार कार्यालय परिसर भित्र विभिन्न प्रजातिका ३२ वटा बोटबिरुवा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।