आइतबार सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए, एक को मृत्यु

आइतबार सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए, एक को मृत्यु

धनगढी । आइतबार सुदूरपश्चिम प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ५७० नमुना परीक्षण गर्दा १५ जनामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ४१ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो भने ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार ५२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा पोजेटिभ देखाएको छ भने एक हजार ५१९ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा ७० वर्षीय एक जना पुरुषको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।