६६ औँ प्रहरी दिवस : बैतडीमा वृक्षारोपण र मास्क वितरण

६६ औँ प्रहरी दिवस : बैतडीमा वृक्षारोपण र मास्क वितरण

बैतडी । ६६ औँ प्रहरी दिवसको पूर्व सन्ध्यामा बैतडीमा पनि प्रहरीले विभिन्न कार्यक्रमहरू गरेको छ । प्रत्येक वर्ष असोज २० गते मनाइने दिवसको अवसर पारी प्रहरीले वृक्षारोपण र मास्क वितरण गरेको हो ।

आइतबार कार्यालय परिसर भित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवाहरू गरी डेढ सय बढी बिरुवा रोपण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले जानकारी दिए । जिल्लाका अन्य प्रहरी युनिटहरूले पनि आ-आफ्नो कार्यालय परिसर भित्र वृक्षारोपण गरेको उनले बताए ।

यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड-१९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिड्डुल गरिरहेका नागरिकहरूलाई मास्क वितरण गरी सम्झाई बुझाई गरिएको बताइएको छ ।