डडेल्धुराका काँग्रेस कार्यकर्ताद्धारा ११ दिन देखिको अनसन स्थगित

डडेल्धुराका काँग्रेस कार्यकर्ताद्धारा ११ दिन देखिको अनसन स्थगित

डडेल्धुरा । नेपाली काँग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।

नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे लगायतका नेताहरू डडेलधुरा पुगेर ११ दिनदेखि जारी नेता कार्यकर्ताहरुको गरेको अनसन तोडाउनुभएको हो । 

पार्टी सदस्यताको विषयमा उत्पन्न भएको विवादले काँग्रेस जिल्ला कार्यसमितिले सदस्यता छानबिन नगरी वडा अधिवेशन रोकेको थियो भने अर्को पक्षले चुनाव गराएको थियो । 

विवादका बिचमा पालिका र वडा अधिवेशन सम्पन्न भनिएको भन्दै काँग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अनसन बसेर बिरोध जनाइरहेका बेला केन्द्रीय नेताहरू जिल्ला पुगेर अनसनमा ऐक्यबद्धता जनाउँदै मागहरू पुरा गरिने पतिबद्धता जनाएपछि अनसन तोडिएको हो ।