ईपीएल : आज चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

ईपीएल : आज चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ ।

चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन्।

पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ । यसअघि हिजो भएको खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स विजयी भएका थिए ।