नेकपा (एस) का अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एस) का अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको छ ।

उहाँ स्वास्थ्यमा केही समस्या आई असोज १३ गते बेलुकी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएकाे थियाे ।

अध्यक्ष नेपालकाे स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उहाँकाे निजी सचिवालयले जनाएकाे छ ।