भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ ।

गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।