भाडा वृद्धिकाे माग गर्दै सार्वजनिक बस व्यवसायी हड्तालमा

धनगढी खबर    

भाडा वृद्धिकाे माग गर्दै सार्वजनिक बस व्यवसायी हड्तालमा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजीव शर्मा दासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् ।” व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उहाँको भनाइ छ । अहिले चक्रपथ क्षेत्रमा सवारी जाम भएकाे छ । चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् ।

तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प छ । बस ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् ।



सोमबार १८, असोज २०७८ ०१:२० मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस