महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कंचनपुरले पुर्ण शारीरिक अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्ट सहितको टोलीले भीमदत्त नगरपालिका ०७, खैरेनीका बसन्त लेखकको घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
सानै देखि शारीरिक रूपमा पूर्ण अशक्त रहेका २८ वर्षीय लेखकलाई घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताएका छ्न।
‘उनी हिंड्न समेत नसक्ने व्यक्ति भएकोले उनको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।’ प्रमुख प्रशासकिय अधिकृत भट्टले भने `क ´वर्गका हिडडुल समेत गर्न नसक्ने पूर्ण अपाङगता भएका व्यक्तिलाई यसरीनै घरमै पुगेर नागरिकता वितरण गर्ने गरेका छौ ।’
नागरिकता प्राप्त गर्ने उमेर पुगिसकेका लेखक राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता प्रमाणपत्र दिईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
जिल्ला प्रशासनको टोलिले घरमै आएर छोरालाई नागरिकता प्रदान गरेकोमा बसन्तकी आमा मायावती लेखकले खुशी व्यक्त गर्दै उक्त टोलिलाई धन्यवाद दिएकी छिन् ।