मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडियाे : सर्वोच्च अदालत

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडियाे : सर्वोच्च अदालत

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको सर्वोच्च अदालतले जनाएको छ ।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश जबजराले भाग खोजेको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि सोमबार दिउँसो सर्वोच्चले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएकाे हो ।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको छ ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो ।, विज्ञप्तिमा उल्लेख छ ।