धनगढी । सोमबार सुदूरपश्चिम प्रदेशमा ३६ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार ४०३ नमुना परिक्षण गर्दा ३६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार १५८ नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २६ जना पोजेटिभ देखाएको छ भने १३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार २४५ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
भने एक हजार २३५ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । यस्तै यस प्रदेशमा हाल सम्म ५९७ जना संक्रमितले ज्यान गुमाएका छन ।