कञ्चनपुरमा अवैध सामान बरामद

कञ्चनपुरमा अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ चिनीमिल नजिकबाट भारतबाट अवैध रुपमा भित्र्याइएका ती सामान बरामद गरिएको हो।

६० हजार मूल्य बराबरका भाडा वर्तन र मन्दिरमा चढाउने घण्टी बरामद गरी आवश्यक कारबाहीका भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।