ईपीएलमा आज चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

ईपीएलमा आज चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा चितवन र भैरहवा खेल्ने छन् । क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन्  । पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ । यसअघि हिजो भएको खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स विजयी भएका थिए ।