सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यी उपाय अपनाउनुहोस्

सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यी उपाय अपनाउनुहोस्

के तपाईलाई सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यदि बस, माइक्रो, ट्याक्सी आदिमा वान्ता हुने समस्या छ भने केही उपाय छन् । वान्ता अर्थात उल्टी हुने समस्या भएमा केही उपायमार्फत त्यसलाई केहि कम गर्न सकिन्छ ।

वान्ता हुन नदिन यसो गर्नुहोस् ।

–वान्ता होला जस्तो भएमा लामो-लामो श्वास लिने,

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने ।

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने ।

–ल्वाङ्ग खाने ।

–सुकमेल खाने ।

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

–यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने ।