विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाण्डौबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको हो ।

कार्यालयका अनुसार जहाजमा कुनै क्षति भएको छैन । यात्रुलाई सकुशल ओरालिएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।