प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गर्ने छन्।

यो अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध जारी राखेका छन् । एमाले विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै एमालेले स‌ंसदमा नाराबाजी गर्दै आएको छ।