मंगलबार सेती प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज

मंगलबार सेती प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ नमूना परिक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा १ जना भर्ना भएका छन् । भने ५ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा आठ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।