कञ्चनपुरको गड्डाचौकीबाट किशोरीको उद्धार

कञ्चनपुरको गड्डाचौकीबाट किशोरीको उद्धार

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२ वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनु भएको छ । 

किशोरी बझाङको छविसपाथिभेरा गाउँपालिका–३ की रहेको उहाँले जानकारी दिनुभयो । सार्कीलाई पनि नियन्त्रणमा लिएर पुनर्स्थापन केन्द्रमा बुझाइएको छ ।