धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु

धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरबाट धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ। मंगलबार महेन्द्रनगरदेखि धनगढी आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।

अपरान्ह ३ बजेर ४० मिनेटमा शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।