कैलालीका ८ स्थानमा यात्रु सहायता कक्ष र २ ठाउँमा ‘रिफ्रेस सेन्टर’ स्थापना

कैलालीका ८ स्थानमा यात्रु सहायता कक्ष र २ ठाउँमा ‘रिफ्रेस सेन्टर’ स्थापना

धनगढी । दसैँ तिहार लक्षित सुरक्षा योजना अनुसार कैलालीका ८ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जिल्लाको त्रिनगर, मालाखेती, लम्की, टिकापुर, चिसापानी, सुख्खड र सडकपुरमा यात्रुहरुको सहज आवतजावत तथा सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथै लामो रुपमा यात्रा गर्ने सवारी साधनहरुको लागि २ वटा स्थानमा रिफ्रेस सेन्टर समेत स्थापना गरिएको छ । यस्तै मंगलबार धनगढीस्थित बसपार्कमा पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बोहराले यात्रु सहायता कक्षको स्थापना गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक अधिकारीले दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जानकारी दिए । साथै चाडपर्वहरूमा विभिन्न कारणले यात्रुहरू ठगिने तथा अन्य समस्यामा पर्ने हुँदा कोही कसैले यस्तो किसिमको क्रियाकलाप नगर्न उनले अनुरोध गरेका छन् । यदि कोही कसैले यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने जस्ता क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

यस्तै कार्यक्रममा सुदूरपश्चिम यातायात प्रा.लि.का कोषाध्यक्ष गोविन्द शाहले यात्रु सहायता कक्ष सञ्चालनले यात्रुहरुको सरल र सहज यात्रामा सहयोग पुग्ने र यातायात व्यवसायी कसैले पनि कानुन विपरीतका क्रियाकलाप नगर्न अनुरोध गरेका छन् ।

May be an image of 1 personMay be an image of 2 people, motorcycle and outdoorsMay be an image of 8 people, people sitting and people standingMay be an image of 6 people, people standing, outdoors and tree