समयमै सजग नभए लागु औषध प्रयोग कर्ताले रगत छाँदेर मर्नुको विकल्प हुन्न : एसपी अधिकारी

समयमै सजग नभए लागु औषध प्रयोग कर्ताले रगत छाँदेर मर्नुको विकल्प हुन्न : एसपी अधिकारी

बर्दगोरीया । कैलालीको बर्दगोरीयामा लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार कैलालीको बर्दगोरीया गाउँपालिका वडा.नं. ४ मा अवस्थित श्री माध्यमिक विद्यालय कोटातुल्सीपुर र 'जसको कोही छैन त्यसको हामी छौँ' अभियान नेपालको आयोजना तथा समुदाय प्रहरी साझेदारी, हाम्रा प्रहरी हामी सँग कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय सडकपुर बौनिया र जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्य, समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा उपस्थित अभिभावक तथा श्री माध्यमिक विद्यालय कोटातुल्सीपुरमा अध्ययनरत विद्यार्थीहरू लाई प्रशिक्षण दिँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले विद्यालय पठाएका आफ्ना छोरा, छोरीहरूलाई निगरानीमा राख्न आग्रह गर्नुभयो ।

“विद्यालय पठाएका छोरा, छोरी विद्यालय छुट्टी भई सके पश्चात् घर ढिलो पुगेमा किन ढिलो भए, कहाँ गएका थिए अथवा के गरेका थिए भन्ने विषयमा अभिभावकहरूले चाँसो राख्नु पर्छ । आफ्ना छोरा, छोरीको दैनिक हाव भाव के कस्तो छ ? खान खान रुचाई रहेका छन् कि छैनन् ? स्वास्थ्य अवस्थामा के कस्ता परिवर्तनहरू आइरहेका छन् ? भन्ने कुरमा पनि अभिभावकले ध्यान दिनु आवश्यक छ । आवश्यकता धन्दा बडी पैसा नदिन र आफ्ना छोराछोरीले पढ्ने विद्यालयमा गई शुल्क आफै तिर्न र पढाई के कस्तो छ ? भन्ने बारे समेत जानकारी लिन सकेमा छोरा, छोरी लाई लागु औषध दुर्व्यसन बाट जोगाउन सकिन्छ ।” उहाँले भन्नुभयो ।

यसै गरी, कार्यक्रममा जिल्ला विकाश समन्वय इकाई धनगढीका शाखा अधिकृत प्रताप सिंह थापाले नेपाल सरकाको गृह मन्त्रालयले गरेको लागु औषध दुर्व्यसन सम्बन्धीको सर्वेक्षण २०६३, ०६९, ०७६ ले लागु औषध दुर्व्यसनीहरूको सङ्ख्या बढ्दो क्रममा रहेकोले हाम्रो माझ यो एउटा ठुलो खतरा बन्दै जाने त हैन भन्ने प्रश्न खडा भएको बताउनुभयो ।

“वि.सं. २०६३ को तथ्याङ्क हेर्दा ४६ हजार, वि.सं २०६९ को तथ्याङ्क हेर्दा ८३/८४ हजार र वि.सं. २०७६ को तथ्याङ्क हेर्दा १ लाख २४ को हराहरीमा लागु औषध दुर्व्यसनीहरूको सङ्ख्या बढ्दै गईरहको छ । यसले हामीमाझ यो एउटा ठुलो खतरा बन्दै जाने त हैन भन्ने प्रश्न खडा गरेको छ । यस भित्रको पनि सुरु गर्नेको तथ्याङ्क हेर्ने हो भने २० वर्ष मुनिका मध्ये ९३ प्रतिशत पुरुष र ७ प्रतिशत महिलाको सङ्ख्या रहेको छ । यसमा कक्षा गत हिसाबले हेर्ने हो भने कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थिहरु रहेको पाइन्छ । लागु औषध प्रयोग कर्ताको दर यसरी नै बढ्दै जाने हो भने देशभरिको नागरिकहरू लागु औषध दुर्व्यसनीमा फस्न सक्छन्, सबै नागरिकले यसलाई रोक्नको निम्ति सक्दो पहल र सहयोग गर्न जरुरी छ ।” उहाँले भन्नुभयो ।

त्यस्तै, कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेका, मुद्दा चलाएका लागु औषध प्रयोग कर्ता पनि २५ वर्ष मुनिका बढी रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति शारीरिक, भावनात्मक परिवर्तन भइरहेको बेला र देखासिकीले गर्दा लागु औषधको प्रभावमा पर्ने भएकोले किशोरा अवस्थामा स्वयम व्यक्ति सम्हालिन र यो समयमा आफ्ना छोराछोरीले गर्ने हरेक क्रियाकलापमा निगरानी राख्न अभिभावकहरूलाई आग्रह गर्नुभयो ।

“जिल्ला प्रहरी कार्यालयको लागु औषध प्रयोग कर्ता र मुद्दा चलाइएको तथ्याङ्क हेर्दा पनि २५ वर्ष मुनिका व्यक्तिहरू लागु औषध दुर्व्यसनीमा बढी परेको देखिन्छ । लागु औषध प्रयोग कर्तालाई सुर्धान अथवा लागु औषधको प्रयोगमा न्यूनीकरण गर्न कि प्रहरीले पक्राउ गर्ने कि त कुनै सुधार केन्द्रमा कष्ट पूर्ण जीवन बाचेर सुधार ल्याउनुको विकल्प छैन । अन्यथा लागु औषधको प्रयोगले केन्द्रीय स्नायु प्रणालीलाई नै ध्वस्त गर्ने हुँदा लागु औषध प्रयोग कर्ताले रगत छाँदेर मर्नुको विकल्प छैन।” उहाँले भन्नुभयो ।

त्यस्तै, कार्यक्रमका सभापतित्व ग्रहण गर्नु भएका 'जसको कोही छैन त्यसको हामी छौँ' अभियान नेपालका प्रतिनिधि नेत्र भण्डारीले आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कैलाली लगायत देश भरीमा लागु औषध दुर्व्यसनीको अवस्था ठुलो समस्याको रूपमा रहेको र यसको न्यूनीकरण गर्नुपर्ने जरुरी रहेको बताउँदै उहाँले प्रहरी प्रशासन लाई सो कार्यकोलागी सबैले सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । “लागु औषध दुर्व्यसन ठुलो समस्याको रूपमा आइरहेको छ । यसलाई न्यूनीकरण गर्न हरेक अभिभावकले आफ्ना नानीबाबुको निगरानी गरौँ, लागु औषध सम्बन्धी कुनै पनि कुरा थाहा पाएमा गोप्य तरिकाले प्रहरीलाई सूचना दिऊँ, लागु औषध प्रयोगमा न्यूनीकरण गर्न आ-आफ्नो तर्फबाट सहयोग गरौँ ।” उहाँले भन्नुभयो ।

श्री माध्यमिक विद्यालय कोटातुल्सीपुरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशीले गर्नुभएको थियो । उक्त कार्यक्रममा 'जसको कोही छैन त्यसको हामी छौँ' अभियान नेपालका नेत्र भण्डारी सभापति, प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, विशिष्ट अतिथि जिल्ला विकास समन्वय इकाई धनगढीका शाखा अधिकृत प्रताप सिंह थापा, विशिष्ट अतिथि सशस्त्र प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी निरीक्षक, पत्रकार, शिक्षक विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।