कञ्चनपुरमा अजिङ्गरको उद्दार

कञ्चनपुरमा  अजिङ्गरको उद्दार

कञ्चनपुरमा एक अजिङ्गरको उद्दार  गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दाबाट खटीएको गस्ति टोलीले जिल्ला कञ्चनपुर दोधराचादँनी नगरपालिका १ भुमिराजटोलबाट अन्दाजी ८ फिट लामो अजिङ्गरको उद्दार गरेको हो।

अजिङ्गरका उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पोष्ट दोधाराका रेन्जर कबिराज बोहराको जिम्मा लगाइएको गणले जनाएको छ।