माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ । अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ ।

माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि आजको बैठकमा त्यसबारे कुराकानी हुने बताइएको छ ।