लुम्बिनी प्रदेशको प्रतिस्थापन बजेट आज प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको प्रतिस्थापन बजेट आज प्रस्तुत हुँदै

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७८÷०७९ को प्रदेश सरकारको बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गरी पारित गर्ने निर्णय गरेको छ ।

बुधबार विहान बसेको मन्त्री परिषद्को बैठकले यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिष्ठापन गरी नयाँ बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो प्रदेश सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने निर्णय समेत गरेको छ ।

जसमा प्रदेश सरकारको अर्थ सम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार प्रदान गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताउनुभयो ।