जिल्ला प्रहरी कार्यालय बैतडीले पनि मनायो ६६ औँ प्रहरी दिवस, १७ जना सम्मानित

जिल्ला प्रहरी कार्यालय बैतडीले पनि मनायो ६६ औँ प्रहरी दिवस, १७ जना सम्मानित

बैतडी । ''प्रहरी हुँ चल्ने गर्छु कानुनलाई मानी, दिन दुखीको सेवा गर्छु कर्तव्य नै ठानी'' भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयले पनि ६६ औँ नेपाल प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसको अवसरमा अम्मर प्रहरी स्तम्भमा माला तथा सलामी अर्पण गर्नुका साथै ६६ औँ प्रहरी दिवसको अवसरमा १७ जना प्रहरी सहित प्रहरी प्रशासनलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने निकायलाई सम्मानपत्र प्रदान गरिएको छ ।

बहालवाला प्रहरीमा इलाका प्रहरी कार्यालय पाटनका बैतडीका प्रहरी निरीक्षक राजेश शाही सहित १७ जनालाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । दशरथ चन्द नगरपालिकाका अम्मर प्रहरीको परिवारलाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।

शिक्षण संस्थामा रहेको वीरेन्द्र मावि साहिलेकलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा बैतडी को पुर्चौडी नगरपालिकावासी पूर्व प्रहरी कर्मचारी जगुवा भण्डारी, खोचलेक प्रहरी चौकीलाई जग्गा प्रदान गर्ने बिरभान कार्की, अमर प्रहरीमा टेक बहादुर कनौजियाको परिवारलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख नरेन्द्र सिंह थापाले भने‘प्रहरीले हालसम्म कायम राखेको उच्चछवी निरन्तर राख्नका लागी सबै प्रहरी अधिकारीले काम गर्न आवश्यक छ ।’

प्रहरी  मेरो साथी अभियानका साथ अहिले प्रहरी जनता सँगै छ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो छवि उच्च राखेको छ। प्रहरी सङ्गठन अझै मजबुत बनाउनतर्फ यसका निकायले ध्यान दिन जरुरी रहेको उनले बताए । 

त्यस्तै  कार्यक्रमका अध्यक्ष  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख   रमेश बहादुर पालले नेपाल प्रहरीले संविधान प्रदत्त आम नागरिकको अधिकार र राष्ट्रका लागि नेपाल प्रहरी जिम्मेवार भएर लागिरहेको बताए ।

दसैँ तिहार नजिक पुगिसकेको ले जिल्लामा अझै सुरक्षा सतर्कता कडा गरिरहेको उनले जानकारी दिए । कार्यक्रममा जिल्लाका कार्यालय प्रमुख सुरक्षा निकाय का प्रमुखहरूको उपस्थिति रहेको थियो  ।

No description available.No description available.