मन्त्री जोशीले भनिन्-'सुदूरपश्चिम सरकार प्रहरीसँग मिलेर सुरक्षा व्यवस्था चुस्त बनाउन तयार छ'

मन्त्री जोशीले भनिन्-'सुदूरपश्चिम सरकार प्रहरीसँग मिलेर सुरक्षा व्यवस्था चुस्त बनाउन तयार छ'

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ६६ औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिएकी छिन् । बुधबार शुभकामना सन्देश जारी गर्दै मन्त्री जोशीले स्वदेश तथा विदेशमा रहेका प्रहरीका सकल दर्जा अधिकृत जवानहरुलाई सुख, शान्ति, समृद्धिका साथै सत्य, सेवा, सुरक्षणम्को मूल आदर्शलाई कार्यान्वयन गर्ने व्यवसायिक सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरिन् ।

''समाजमा शान्ति सुरक्षा, अमनचयन, कायम गर्दै विपद व्यवस्थापनमा समेत अह्म भूमिका खेलिरहेको प्रहरीले प्रदेशको  सरकारसँग समन्वय गर्दै थप प्रभावकारी सेवा विस्तार गर्नु पर्ने देखिन्छ',शुभकामना सन्देशमा भनिएको छ,'प्रदेश सरकार प्रदेश प्रहरीसँग मिलेर यो प्रदेशमा आवश्यक सुरक्षा व्यवस्था चुस्त बनाउन, प्रहरीको व्यवसायिक दक्षता वुद्धि गर्न सदैव तयार छ ।''

''मातृभूमिको सेवा, आम नागरिकको सुरक्षाका खातिर आफ्नो जीवन उत्सर्ग गर्नुहुने बीर प्रहरीप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अपाङ्गता भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु'',अगाडी भनिएको छ ।

यस्तै कञ्चनपुरकी निर्मला सवा २ वर्ष र डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणको लगभग ६ महिना पुगे पनि अझै अनुसन्धानको नतिजा आउन बाँकी छ। अपराध अनुसन्धानमा हुने ढिलाइले  समाजमा थप अपराधका घटना बढ्ने र अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क हुन जरुरी छ। उपरोक्त कामहरुमा प्रहरीलाई यथासिघ्र सफलता मिलोस् जारी शुभकामना सन्देशमा उल्लेख छ ।