सदरमुकाम जोड्ने मुख्य सडक अन्तर्गत देउलेख बजार हिलाम्मे हुदा आवतजावतमा सास्ती

सदरमुकाम जोड्ने मुख्य सडक अन्तर्गत देउलेख बजार हिलाम्मे हुदा आवतजावतमा सास्ती

धनगढी । सदरमुकाम चैनपुर जोड्ने जयपृथीबी राजमार्ग अन्तर्गत बझाङको बित्थडचिर गाउँपालिकाको मुख्य बजारमा सडकको हिलाम्मे अवस्थाले यहाँका नागरिकले सास्ती झेल्दै आएका छन् ।  

मूल सडक हिलाम्मे भए पछि आवतजावत गर्न ठुलै सास्ती हुने गरेको र झण्डै ७ महिना पुग्दा पनि स्थानीय सरकारको कुनै ध्यान नगएको स्थानीय बासीहरू बत्ताउँछन् । 

गाउँ-गाउँमै सिंहदरबारको अनुभूति दिलाउने सरकारले देउलेख बजारको मुटु मानिने मुख्य बजार र गाउँपालिका सँगै जोडिएको उक्त सडक खण्डको यस्तो अवस्था हुँदा पनि कुनै चासो र चिन्ता नदेखाउँदा दिनहुँ यहाँका नागरिकले सास्ती झेलिरहनु परेको छ ।

सडकको यस्तो  हिलाम्मे अवस्थाले स्थानीय बासिलाई हिँडडुल गर्न मात्र नभई दैनिक जसो आवतजावत गर्ने सवारी साधनलाई समेत आवतजावतमा समस्या हुने गरेको छ ।