कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता

कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा भएको भेटमा  मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि चन्द विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन् ।