कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न अनेरास्ववियूको माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न अनेरास्ववियूको माग

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्न अनेरास्ववियूले माग गरेको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सो भू-भागमा पनि जनणना गर्न माग गरेको हो ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा  जनगणना गर्न माग गरेका हुन् ।

वि.सं. २०१८ मा नेपालले सो क्षेत्रमा गणना गरेको इतिहास रहेको उल्लेख गर्दै हालको गणनाका लागि सो क्षेत्रमा सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।