सन्दीप आईसीसी ‘प्लेअर अफ द मन्थ’को मनोनयनमा

सन्दीप आईसीसी ‘प्लेअर अफ द मन्थ’को मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी ‘प्लेअर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको सेटेम्बर महिनाको मनोनयनमा सन्दीप परेका हुन् । सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र जसकरन मलोत्रा परेका छन् ।

सन्दीपले आईसीसी डिभिजन–२ अन्तर्गत ओमानमा भएको त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । सिरिज अन्तर्गत सन्दीपले ४ खेल खेलेका थिए । त्यस्तै, सिरिजअघि भएको पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २ खेल खेलेका थिए । 

सन्दीपले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । उनको इकोनोमी ७ दशमलव ३८ रहेको थियो ।सन्दीपसँगै मनोनयनमा परेका जसकरण मलोत्राले पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उनले पीएनजीविरुद्ध १७३ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै बंगलादेशका अहमदले न्युजिइन्डविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।