मुख्यमन्त्री कपका विजेता खेलाडीलाई पुरस्कार वितरण

मुख्यमन्त्री कपका विजेता खेलाडीलाई पुरस्कार वितरण

धनगढी । धनगढीमा २०७५ साल चैत्रमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई बर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषदले आजबाट धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा रकम खेलाडीहरुलाई दिएको हो ।

ढाई बर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए ।

व्यक्तीगत तर्फ पहिलो हुनेलाई ३५ हजार दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिईनेछ । त्यस्तै समुह तर्फ प्रथम हुने टीमलाई जनही २८ हजारका दरले रकम प्राप्त गर्नेछन् । त्यस्तै खेलका प्रशिक्षकले प्रतिव्यक्ती नगद ११ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ ।